वन तथा वातावरणमन्त्री दीपक मनाङ्गेले दिए पदबाट राजीनामा  

काठमाडौँ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ ‘दीपक मनाङ्गे’ ले पदबाट राजीनामा दिएका छन्।

आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि उनले पदबाट राजिनामा दिएका हुन् ।

गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। मुख्यमन्त्री पाण्डेले आजै नेकपा  (एमाले) का चार जना मन्त्री नियुक्त गरेका थिए।