एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : मन्त्री श्रेष्ठ   

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्न तीनै तहका सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् ।

०८० को एसईईको नतिजाबारे उनले यस्तो बताएकी हुन् । ५२ प्रतिशत विद्यार्थी ननग्रेडिङ (एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनै पनि संयन्त्र उम्कने ठाउँ नभएको उनले उल्लेख गरिन् ।

विगत लामो समयदेखि शिक्षा क्षेत्रको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको उनको भनाइ थियो । उनले एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिइन् ।