पोखरा महानगरपालिकामा अख्तियारको छापा  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पोखरा महानगर कार्यालयमा छापा मारेको छ।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको उजुरी परेपछि मंगलबार आयोग टोलीले महानगरमा छापा हानेको हो।

अख्तियारको टोलीले महानगर कार्यालय रहेका कागजात नियन्त्रणमा लिएको छ। मणिपाललाई राजश्व छुट दिने महानगरको राजश्व परामर्श समितिको निर्णय, नक्सापास, कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णयसम्बन्धी कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।