टी–२० विश्वकप आजदेखि सुरु, उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै  


काठमाडौँ । आईसीसी टी- २० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । खेल नेपाली समय अनुसार उद्घाटन खेल सवा ६ बजे डलासमा सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक संयुक्त राज्य अमेरिका र क्यानडा भिड्दैछन् । विश्वकपमा अमेरिकाविरुद्ध क्यानडाले पहिले ब्याटिङ सुरु गरेको छ ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।