युक्रेनमा शान्ति पुनर्वहालीका लागि चीन र बेलारूसको आह्वान

एजेन्सी - चीन र बेलारुसले युद्धग्रस्त युक्रेनमा शान्ति पुनर्वहालीका लागि आह्वान गरेका छन् ।

रुसी राष्ट्रपतिका सबै भन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको भेटवार्तापछि यस्तो आह्वान गरिएको हो । रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ।

चीन र बेलारुसले युद्ध अन्त्य गरी शान्ति पुनर्वहालीका लागि तत्काल काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।