बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरले गर्यो पत्राचार

काठमाडौँ । ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न काठमाडौँ महानगरपालिकाले कर तिर्न पत्राचार गरेको छ । राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको हो ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ ।

यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

विभागका प्रमुख काफ्लेको अनुसार १५ दिनको समय दिएर पत्र छ । सोही अवधिमा कर नतिरे काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ ।