झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु

 झापा - झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए । 

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए ।