डिजेल र पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ? 

काठमाडौँ - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन आइओसी बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ तथा डिजेलरमट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशस् एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ ।

आइओसीले आज नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ ।