एकीकृत समाजवादीका अध्यक्ष  नेपाल आज रूस जाँदै 

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल आज राति रूसको भ्लादिभोस्तक जाँदै छन्।

भदौ १८ गतेदेखि २१ गतेसम्म हुने अन्ताराष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ जान थालेका हुन्। मल्टी पोलारिटी फोरममा उनले वक्तव्य दिने कार्यक्रम छ।

उनी साउथ एसिया इकोनोमिक फोरमको प्यानल डिस्कसनमा सहभागी हुने बताइएको छ।