ललितपुरको हरिसिद्धीस्थित क्यानसर अस्पतालको तेस्रो तलाबाट हामफालेर एक महिलाले गरिन् आत्महत्या

काठमाडौँ । ललितपुरमा एक महिलाले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेकी छन् ।

ललितपुर  महानगरपालिका वडा नम्बर २८ हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङले आत्महत्या गरेकी हुन् ।

शनिबार उनले अस्पतालको ए ब्लकको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएकी थिइन् । उनलाई सोही अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।