महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन् ।

रास्वपाको पुनरावेदन समितिसमक्ष आइतबार उनले निवेदन दिएका हुन् । पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट आफूलाई पदमुक्त गर्ने गएको असार २५ गतेको निर्णय त्रुटिपूर्ण रहेको उनले जिकिर गरेका छन् ।

उक्त निर्णय पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन् ।