गुल्मीमा खोलाले बगाउँदा  १६ वर्षीय असिम कुमाल बेपत्ता  

काठमाडौँ । गुल्मीमा खोलाले बगाउँदा किशोर बेपत्ता भएका छन्।

चन्द्रकोट गाउँपालिका-८ मजुवाका मनबहादुर कुमालका छोरा १६ वर्षीय असिम कुमाललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, डीएसपी शंकर पोखरेलले जानकारी दिए।

आइतबार बिहान साढे ८ बजेतिर माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएर बेपत्ता पारेको डीएसपी पोखरेलले बताए ।

बेपत्ता कुमालको खोजीको लागि प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा सातजनाको टोली र स्थानीयसमेत खोजी गरिएको प्रहरीले जनाएको छ।