कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी बर्षाको चेतावनी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बिहीबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी र  कर्णाली  प्रदेशका एक(दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राति देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्विनी र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।