'ने‍पालसँगको सीमा समस्या समाधान छिट्टै गर्छौ' : मोदी

 काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको समेत बताए ।

‘नेपालसँगको सबै असमझदारी समाधान गर्न चाहन्छौं । यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अन्य सबै समाधान गर्छौ,’ उनले भने ।
मोदीले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउने बताए ।