लोकसभा चुनाव अवलोकन गर्न नेपाली नेताहरु भारत जाँदै

काठमाडौँ - भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चार्ज डा। बिजय चौथाइवालेले जनाएका छन् । नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।