उपनिर्वाचनको समीक्षा : रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ - भर्खरै सकिएको उपनिर्वाचनमा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो । ‘कार्यसूची तय गर्न बाँकी छ । समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षाका लागि बैठक बस्न लागेको हो,’ उनले भने ।

यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ ।