सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार !

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्चमा कारोबार भएको छ ।

पछिल्ला २ दिन स्थिर रहे पनि आज सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको हो । छापावाल सुन उक्त दरले बढ्दा तेजावी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ ।

योसँगै आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । योसँगै सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।