काठमाडौँ - बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ ।
सोमबार दिउँसो १ बजे नै बैठक बोलाइएको भएपनि सत्ता गठबन्धनका एक सांसद नआइदिएपछि स्थगित गरेर अर्को बैठक अपराह्न ४ बजेका लागि तय गरिएको थियो । सो समयमा भने यसअघि बैठकमा नआएकी एकीकृत समाजवादीकी सांसद रमा आले मगर पुगेसँगै बैठक सुरु भएको हो ।