उद्योगपति विनोद चौधरीका भाइ अरुण पक्राउ  

काठमाडौँ । उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरीलाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको आरोप छ ।