SHARE
Kalo Pati · मङगलबार २० असो २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

२ कारोबार दिनपछि बढ्यो शेयर बजार

काठमाण्डौ । शेयर बजार दुई कारोबार दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९६ अङ्कले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १६९ वटा कम्पनीको शेयर बढेकोमा ९५ वटाको घटेको छ ।