SHARE
Kalo Pati · मङगलबार २० असो २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा आउँदै

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।