एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा दाखिला गरिएको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग ९रावल आयोग०को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा उक्त जमिन सरकारको नाममा आएको हो ।
