सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित, संवेदनशील सूचना चुहावटको आरोप
काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहावट गरेको भन्दै गृहले निलम्बन गरेको हो।एआईजी दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।उक्त अभियोगमाथि जाँचबुझ गर्न गृह मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको हो।
