SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर

काठमाडौं : नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाईएको इलेक्ट्रिक एसयुभी, नयाँ टाटा पन्च इभि नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ।