SHARE
Kalo Pati · सोमबार १९ असो २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको बचाउ गर्दै सस्मितले भने -‘उहाँले तुच्छ टिप्पणी गर्नुभएको छैन’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता सस्मित पोखरेलले बचाउ गरेका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीबाट कुनै तुच्छ टिप्पणी नभएको दाबी गरेका हुन्।