SHARE
Kalo Pati · सोमबार १९ असो २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २०.४८ अङ्कले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।