SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

निर्वाचनमा पाइने ‘मान्छेको भोट’भन्दा ‘मान्छेको मूल्य’ प्रधान हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रको केन्द्रमा ‘मान्छेको मूल्य’ हुनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमा उनले निर्वाचनमा प्राप्त हुने ‘मान्छेको भोट’भन्दा नागरिकको जीवन र मानवीय मूल्यलाई प्रधान मान्नुपर्ने उल्लेख गरेका हुन्।