SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

८४ किलो गाँजा बरामद, बोरा फालेर भागेका व्यक्ति खोज्दै प्रहरी

विराटनगर : मोरङको जहदा गाउँपालिका–१ कुडरियामा सशस्त्र प्रहरीले ८४ किलो ८५० ग्राम गाँजा बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि बाटोमा हिँडिरहेका व्यक्तिहरू बोरा छाडेर भागेका थिए ।उक्त बोराबाट गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी तारेगामाबाट खटिएको टोलीले सोमबार बिहानका राति ३:१० बजेतिर कुडरिया क्षेत्रमा गस्ती गरिरहेको थियो । सो क्रममा टाउकोमा बोरा बोकेर हिँडिरहेका केही व्यक्तिमाथि शंका लागेपछि टोलीले रोक्न खोजेको थियो ।