SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

आन्तरिक सुरक्षामा कमजोरी, दोहोरोपनको झन्झट

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालनमा सधैंजसो किचलो हुने गरेको तितो यथार्थलाई ऐन बनाउने बेला सम्बोधन गर्न सकिएन भने सुरक्षा स्थितिमा तात्विक सुधार आउँदैन। सरकारले नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनसम्बन्धी विधेयक संसद्मा लैजाने तयारी गरेको छ। अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले दुईवटै संगठन सम्बन्धी विधेयक दर्ता गरे पनि बीचमै संसद् विघटन हुँदा दुवै विधेयक निष्क्रिय बने। रास्वपा नेतृत्वको नयाँ सरकारले दुवै संगठनसम्बन्धी विधेयक अघि बढाउने तयारी गरिरहेको छ।