SHARE
अन्नपूर्ण · सोमबार १९ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

२०औं एसियाली खेलकुद सम्पन्न, दोहामा भेट्ने बाचा

नागोया (जापान) : जापानको आइची–नागोयामा आयोजना भएको २०औं एसियाली खेलकुद आइतबार भव्य समापन समारोहसँगै सकिएको छ। एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको महादेशीय खेलकुदको महाकुम्भमा नेपाल भने दुई कास्य पदकमै सीमित भएको छ। दोहोरो अंकमा पदक जित्ने र एसियाडमा पहिलो स्वर्ण हासिल गर्ने लक्ष्यसहित जापान आएको नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन।समापन समारोहअघि आइतबार साँझ ४ बजेदेखि विभिन्न कलाकारको प्रस्तुति समेटिएको विशेष कार्यक्रम आयोजना गरिएको थियो।