SHARE
Kalo Pati · आइबार​ १८ असो २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

पार्टी रूपान्तरणको एजेन्डासहित डा. भद्राको केन्द्रीय सदस्यमा दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय सदस्य पदका आकांक्षीहरू बढ्न थालेका छन्। यसैक्रममा सभापति गगन थापाको वैचारिक धारसँग निकट रहेर पार्टी राजनीतिमा सक्रिय डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेकी छन्।