SHARE
Kalo Pati · आइबार​ १८ असो २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

होर्मुज जलमार्गमा इरानी सेनाको कारबाही तीव्र, पाँच दिनमा ७ तेल ट्यांकरमाथि हमला

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलमार्गमा कम्तीमा सातवटा ‘उल्लंघनकारी’ तेल ट्यांकरमाथि कारबाही गरेको इरानी समाचार संस्था फार्सले जनाएको छ । फार्सका अनुसार आईआरजीसी नौसेनाले पछिल्ला पाँच दिनमा प्रत्येक दिन कम्तीमा एउटा तेल ट्यांकरलाई निशाना बनाएको छ ।