SHARE
Kalo Pati · आइबार​ १८ असो २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

काठमाडौं । कैलालीको भजनीमा भारतबाट ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका–३ ठेकीपुरचोकमा बिहीबार ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।