SHARE
मकालु खबर · आइबार​ १८ असो २०८३ ०१:२७ AM · 1 मिनेट पढाइ

थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

तुलसीपुर । भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।