SHARE
मकालु खबर · शनिबार १७ असो २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज १०१ जना पत्रकारको आँखा परीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो । शिविरमा आवश्यक चश्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।