SHARE
कालिका खबर · शुक्रबार​ १७ असो २०८२ ०२:०२ AM · 1 मिनेट पढाइ

अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी–बागमती प्रदेशका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू आवागमनका लागि अवरुद्ध भएका छन्। राजमार्ग अवरुद्ध भएपछि स्थानीय बासिन्दा तथा यात्रुहरू समस्या मा परेका छन्। नेपाल प्रहरीले आज बिहान ७ बजे सम्मको अवस्थाबारे दिएको जानकारीअनुसार, संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै खुल्न सकेको छैन। सो क्षेत्रमा ठूला पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको र डोजर तथा एक्साभेटर परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।