पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह
पोखरा । प्रशासनले आजदेखि असोज २० गतेसम्म देशभर र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको भन्दै हिमाली क्षेत्रतर्फ पदयात्रा गर्न नजान आग्रह गरेको छ । वर्षासँगै हिमपात हुने सम्भावना रहेकोले विश्व प्रख्यात पदयात्रा मार्गहरूमा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रा नगर्न सार्वजनिक सूचना जारी गरिएको छ ।
