SHARE
कालिका खबर · शनिबार १८ असो २०८२ ०४:०६ AM · 1 मिनेट पढाइ

भारी वर्षा पूर्वानुमानका कारण तीन दिनका लागि लामो दूरीका यातायात सञ्चालन बन्द

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ। प्राधिकरणले जारी गरेको सूचनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी साधन तथा काठमाडौँ उपत्यकामा भित्रिने र बाहिरिने यातायात आवतजावत असोज १८, १९ र २० गतेका लागि पूर्ण रूपमा बन्द गरिने उल्लेख गरिएको छ।