दशैँ निर्दोष पशुका लागि दशा बन्ने भन्दै सदनमा आशिकाको आपत्ति
काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले दशैंको नाममा क्रूरता पशुबलि दिइने भन्दै असन्तुष्टि जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मान्छेले उत्सवको रूपमा दशैँ मनाउँदै गर्दा निर्दोष जनावरहरूको लागि भने दशैं दशा बन्ने बताइन्। उनले नेपालमा पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने धारणा राखिन्।
