SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०२:१६ AM · 1 मिनेट पढाइ

उच्च अदालत बुटवलः मुद्दा फछ्र्यौटमा उत्साहजनक प्रगति

बुटवल  । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले मुद्दा फर्छ्योटमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले अदालतको कार्यसम्पादनमा व्यापक सुधार आएको देखाएको छ, जसले गर्दा मुद्दा फैसलाको दर झन्डै दोब्बरले वृद्धि भएको छ । समयमै न्याय निरूपण हुन थालेपछि न्यायका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ ।