SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०२:३२ AM · 1 मिनेट पढाइ

काली गण्डकी कोरिडोर सडक दुई दिनपछि सञ्चालनमा आयो 

गुल्मी, ३२ असार । आइतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको काली गण्डकी कोरिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । काली गण्डकी कोरिडोर सडक खण्ड अन्तर्गत गुल्मीको काली गण्डकी गाउँपालिका –१ स्थित गरगरे र वडा नं. ६ को बरल्वा गरी दुवै ठाउँमा सडक माथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।