SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०३:०० AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न

लमही, ३२ असार ।  लुम्बिनी प्रदेशमा हालसम्म ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार कुल ३ लाख २० हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो ।