SHARE
Kalo Pati · बिहीबार १५ असो २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

‘जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो’ : आङ्देम्बे

काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले संसद्मा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो ।