नवलपरासीका चार पालिका बाढीको अति उच्च जोखिममा
परासी : नवलपरासीका चार पालिका बाढीको अति उच्च जोखिम(संकटासन्न)मा रहेका छन्। ती पालिकाका ११ वटा वडाहरू अति उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले निकालेको प्रतिकार्य योजना २०८२ मा उल्लेख छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान शाखाले असोज २० सम्म भारी वर्षा हुन सक्ने जनाएकाले अति उच्च जोखिमसहित अन्य क्षेत्रका स्थानीयलाई सजगता अपनाई अति आवश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। अति उच्च जोखिममा रहेका पालिकामा सुस्ता गाउँपालिकाको वडा नं. ३,४ र ५ छ।
