SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

बागमती र मनोहरा नदीले पार गर्यो सतर्कता तह

काठमाडौं : बागमती नदी र यसका सहायक नदीहरूमा सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर र मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा ४.७४ तह पार गरेको हो। नदीमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ।