सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनको आग्रह
सुनसरी : देशभर लगातार भइरहेको वर्षासँगै सप्तकोसी नदीको जलस्तरमा वृद्धि हुन सक्ने सम्भावना बढेपछि सुनसरी प्रशासनले सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।शनिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख एसपी केशब कुमार थेबे, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूको टोलीले सप्तकोसी ब्यारेजदेखि चतरा पुलसम्म स्थलगत अनुगमन गरेको हो।
