SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

हेटौंडा-काठमाडौं सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने

हेटौंडा : बाढीपहिरोको जोखिम बढेकाले हेटौंडा-काठमाडौं जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौंडा-काठमाडौं जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।उनका अनुसार हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ, हेटौंडा-भैंसे-फाखेल सडक र हेटौंडा-चित्लाङ-काठमाडौं सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन।