SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

प्रतिकूल मौसमका कारण आन्तरिक उडान सबै रद्द

काठमाडौं : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन्।विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन्। अन्तर्राष्ट्रियतर्फका उडान  भने यथावत् सञ्चालन भएका छन्।