SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०३:२० AM · 1 मिनेट पढाइ

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

चितवन, ३२ असार । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भारतबाट काठमाडौँतर्फ जाँदै गरेको एक मिनी ट्रक दुर्घटनामा परेको छ। यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर ट्रक आफैं अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो। ट्रकमा भारतको लखनउबाट मेवा बोकेर ल्याइएको थियो।