SHARE
अन्नपूर्ण · आइबार​ १९ असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

भारी वर्षासँगै रौतहटको दक्षिण भेगमा डुबानको खतरा

रौतहट : जल तथा मौसम पूर्वानुमान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ। आज अपराह्न चार बजेसम्मको रेकर्डअनुसार जिल्लाको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ भने सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ। त्यसपछि धेरै वर्षा पर्सामा भएको छ। पर्साको मुडलीमा २३१.८, वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।